दलाल      

-रमेश रावत ‘विक्रान्त’

तिम्रो देशलाई 
दलाल चाहिएको छ भने
हाम्रो देशबाट सापटी लिनु
जुन दलालले 
हाम्रो  देशलाई
कंगाल बनाएर
तिम्रो देशलाई 
मालामाल बनाउने छ ।

तिम्रो देशले हाम्रो देशका
दलालहरुलाई पैसा दिएर
जाल किनेर दिन्छ 
त्यही तिम्रो देशले दिएको 
जालको डोरी समातेर
हाम्रो देशको दलालले 
तिम्रो देशलाई 
आफ्नै देशको 
जमिन किनेर दिनेछ ।

तिम्रो देशका नेताले
राजनीति गर्नको लागि 
राजनीतिक दल 
खोलेका छन् 
हाम्रो देशका दलालले 
दलाली गर्नको लागी
राजनीतिक दल खोलेका छन् ।

कहाँ तिम्रो देश
कहाँ हाम्रो देश
तिम्रो देशमा
भ्रष्टाचारीलाई
जेल चलानी गरिन्छ 
हाम्रो देशमा
भ्रष्टाचारीलाई
सलामी गरिन्छ ।

तिम्रो देशमा
भोकमारी घटाउन
कर्मचारीलाई
नियुक्ति गरिन्छ 
हाम्रो देशमा 
भोकमारी बढाउन
कर्मचारीलाई 
नियुक्ति गरिन्छ ।

तिम्रो देशमा
अर्काको देशलाई
कब्जा गर्नको लागि
सेना बनाइन्छ 
हाम्रो देशमा
देशलाई सानो बनाउन 
सेना बनाइन्छ । 

कहाँ तिम्रो देश
कहाँ मेरो देश
तिमी अब्राहम लिंकन
जन्मेको देशको मान्छे
म बुद्ध जन्मेको
देशको मान्छे
तिमी महात्मा गान्धी र राम
जन्मेको देशको मान्छे
म हराम नै हराम जन्मेको 
देशको मान्छे
बुद्ध जन्मेका देशकाले
राम नै राम पुजेर
अवतारमा घामण बनेर
आफ्नै देशलाई 
लिलाम बनाई सक्यौ ।

अब हाम्रो देशमा पनि
कार्ल मार्क्स 
लेनिन, स्टालिन 
माओत्सेतुङ र फिडेल
क्यास्ट्रो जस्तै 
वीर योद्धाहरु
जन्मनु पर्छ ।

हाम्रो देशका
दलाललाई 
जालभित्र हालेर
तिम्रो देशका
देशका दलालले
समातेको जाल डोरीलाई
सधँैको लागि चुटाइ दिने 
मेरो ठुलो सपनालाई 
पूरा गर्नु छ ।

(लेखक नेकपा जुम्ला  जिल्ला कमिटी सदस्य तथा अखिल (क्रान्तिकारी) जुम्ला जिल्ला संयोजक हुन् ।)
६ साउन, २०७८