Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
संसद विघटन विरुद्ध सडक नाटक प्रदर्शन - Janabato

संसद विघटन विरुद्ध सडक नाटक प्रदर्शन

प्रतिनिधिसभा विघटनको विरोधमा नाटक प्रदर्शनी

संसद विघटन विरुद्ध सडक नाटक प्रदर्शन

 पुष १७, बुटवल । वामपन्थी युवा संघले प्रतिनिधिसभा विघटनको विरोधमा नाटक प्रदर्शनी गरेको छ। संघले माइतीघरमा प्रतिनिधिसभा विघटनको विरोधमा नाटक प्रदर्शनी गरेको हो।

नाटकमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकोप्रति व्यंग्य गरिएको थियो। सो क्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई श्रीपेच लगाइदिएको दृश्य देखाइएको थियो।

त्यसका साथै संघले उल्टो हिँडेर प्रतिनिधिसभा विघटनको विरोध समेत गरेको थियो।