माघ १५, सन्धिखर्क । अर्घाखाँचीमा विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड (१९) विरुद्ध खोप अभियान आज देखि शुरु भएको छ ।
पहिलो चरणको खोप कार्यक्रम अन्र्तगत अर्घाखाँचीमा सरकारले तोकेका अग्र पक्तिमा खट्ने स्वास्थ्यकर्मीहरुलाई खोप लगाउन शुरु भएको र आफैबाट शुरु गरेको जिल्ला अस्पतालका निमित्त प्रमुख डाक्टर जगदिश शर्माले बताउनु भयो । 'जिल्लामा पहिलो खोप मैले लगाएँ । नराम्रो केही भाछैन । खोप लगाउन पाउँदा धेरै खुशी लागेको छ आफुलाई लक्की सम्झेको छु ।'
भारत सरकारको सहयोगमा उपलब्ध कोभिशिल्ड नामक खोप कोभिड नियन्त्रणका क्षेत्रमा अग्र मोर्चामा काम गर्नेहरुलाई नेपाल सरकारको योजना अनुरुप खोप लगाउन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताउनु भयो । एक हप्तामा अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मी, स्वास्थय क्षेत्रमा काम गर्ने कर्मचारी, फोहर ब्यबस्थापनमा काम गर्ने सरसफाई कर्मचारीहरुलाई लगाइने छ ।
सम्बन्धित खवर
स्यानेटाइजरले मर्छ कोरोना भाइरस ?
बुटवलमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु
बुटवल आइपुग्यो कोरोना विरुद्धको खोप
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्