Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
नेकपाका नेता धर्मेन्द्र बास्तोलाको बहस सोमबार हुने - Janabato

नेकपाका नेता धर्मेन्द्र बास्तोलाको बहस सोमबार हुने

बास्तोलाको रिहा गर्न माग

नेकपाका नेता धर्मेन्द्र बास्तोलाको बहस सोमबार हुने

माघ १८, बुटवल । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय सदस्य एवं विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई प्रहरीले आइतबार सर्वोच्च अदालतमा उपस्थित गराएको छ । बन्दी प्रत्यक्षीकरणको रिट परेपछि अदालतले बास्तोलालाई २४ घन्टाभित्र हाजिर गराउन आदेश दिएको थियो । सोही अनुरुप उनलाई प्रहरीले अदालत उपस्थित गराएको हो ।

बाँस्तोलासहित नेता विवेक र विशाललाई प्रहरीको विशेष ब्युरोले २९ पुसमा ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको थियो । कुमाल र विशाललाई पनि अदालत हाजिर गराइएको ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले बताइन् ।

यद्यपि, आइतबार निवेदनमाथि बहस भएन । सोमबार बहस हुने वरिष्ठ अधिवक्ता एकराज भण्डारीलेबताए । अदालतले प्रहरीसँग बाँस्तोलाको अनुसन्धान सम्बन्धी मिसिलसमेत मागेको थियो । आइतबारै मिसिल फिर्ता भइसकेको छ ।

नेकपाका महासचिव विप्लवद्धारा माघ १ गते एक वक्तव्य जारी गर्दै बास्तोलाको गिरफ्तार विरुद्ध माघ ३ देखि १० गतेसम्मको संघर्षको कार्यक्रम घोषणा गरिएको थिए । नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालाई केपी वली सरकारले गिरफ्तार गरेको भन्दै उहाँलाई तत्काल रिहा गर्न नेकपाका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरण, नेकपाका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतिद्धारा विहीबार संयुक्त वक्तव्य जारी विरोध गरेका थिए  ।