एजेन्सी । म्यानमारमा सेनाले राज्यसत्ता आफ्नो हातमा लिएको छ। एक वर्षका लागि संकटकाल घोषणा गर्दै त्यहाँको सेनाले सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसीकी नेतृ आङ सान सुची र राष्ट्रपति विन मिन्टसहित प्रदेशका प्रमुखहरूलाई नियन्त्रणमा लिएको हो। म्यानमारको सरकारी टेलिभिजनका अनुसार निर्वाचन परिणाम अस्वीकार गर्दै सेनाले सत्ता आफ्नो हातमा लिएको हो।
गत नोभेम्बरमा सम्पन्न आम निर्वाचनमा सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसीले जितेको थियो। तर सेनाले चुनावमा धाँधली भएको आरोप लगाइरहेको थियो। यही विषयमा त्यहाँ सेना र सरकारबीच तनाव बढेको थियो।
म्यानमारमा सोमबारदेखि निर्वाचित संसदको अधिवेशन सुरु गर्ने तयारी थियो। तर सेनाले बैठक रोक्न भनिरहेको थियो। यसै क्रममा सेनाले सोमबार बिहानै सत्ता कब्जा गरेको हो।
Tags :
सम्बन्धित खवर
विद्रोही तालिबानद्वारा घोर्यानमा आक्रमण
४ वर्ष अगाडि
चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकी
५ वर्ष अगाडि
सैनिक ‘कु’ विरुद्धको प्रदर्शनमा थप ५ जनाको मृत्यु
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्