२१ माघ, बुटवल । नेकपा (नेकपा) प्रचण्ड–माधव समूहले माघ २२ गते बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ ।
संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड–माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै माघ २२ गते आम हड्ताल गर्ने निर्णय गरेको हो ।
यसबाहेक थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिइन् ।
वली समूहले माघ २२ गते काठमाडौंमा विशाल जनसभाको आयोजना गरेको छ । सभालाई लक्षित गरी प्रचण्ड नेपाल समूहले बन्दको आयोजना गरेको हुन सक्ने बताइएको छ । बन्दको आयोजना गरिएपछि दुईपक्षबीच झडपको आँकलन गरिएको छ ।
ओली समूहको कार्यक्रमसँग नेकपाको आमहड्तालको कुनै साइनो–सम्बन्ध छैन : श्रेष्ठ
प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका प्रवक्ता एवं प्रतिनिधि सभा विघटनविरुद्ध केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओली समूहको २३ गतेको आमसभासँग नेकपाको बिहीबारको आमहड्ताको कुनै सम्बन्ध नभएको बताएका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा संयोजक श्रेष्ठले ओली समूहको कार्यक्रम कस्तो गर्ने भन्ने कुरा उनीहरुकै अधिकारको कुरा भएका बताए।
प्रतिक्रिया राख्नुहोस्