माघ २२, बुटवल । सरकार बिरुद्ध आन्दोलन गरीरहेको प्रचण्ड माधव समुहका केन्द्रीय सदस्य एवं सर्लाही जिल्ला ईन्चार्ज डाचाराम वाग्लेको सडक दुर्घटनामा निधन भएको छ ।
उनी बरहथवा नगरपालिका– ९ स्थित नयाँरोड–मधुवनी सडकखण्ड अन्तर्गत सोल्टीगेटनजिक सडकमा उनी मोटरसाइकल सहित लडिरहेको अवस्थामा अचेत भेटिएका थिए ।
यसलाई प्रचण्ड माधव समुहका कार्यकर्ताहरुले दुर्घटनामा मृत्यु भएको बताएका छन् । उनकै नेतृत्वमा साँझ मशाल जुलुश निकाले पछि फर्किन लागेका उनी मृत फेला परेका थिए ।
टाउकोमा समेत हेलमेट लगाईरहेको अवस्थामै चोट देखिएको पनि प्रहरीले जनाएको छ । प्रहरीले पनि दुर्घटनाको आशंका गरेको छ ।
वाग्लेको निधनप्रति सामाजिक सञ्जालमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको छ । वाग्लेले कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै शोकाकूल परिवारजनमा समवेदना समेत व्यक्त गरिएको छ ।
प्रचण्ड–नेपाल समूहले वाग्लेको दुर्घटना नभई हत्याको आशंका गर्दै छानविनको माग गरेका छन् । वाग्लेको खुट्टामा चोट देखिएको बताइएको छ ।
सम्बन्धित खवर
संयुक्त जबस मोर्चाद्धारा कपिलवस्तुमा विरोध सभा
नेकपा कञ्चनपुरद्वारा पार्टी कार्यालय उद्घाटन
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्