काठमाडौं २८, माघ । बलात्कार घटनाको विरोधमा बृहत्त नागरिक आन्दोलन अभियानले सिंहदरवारमा महिला मार्चपास गर्ने भएको छ । अभियानले एक अपिल जारी गर्दै शुक्रबार बृहत्त मार्चपास गर्ने जनाएको छ । बलात्कारका घटना हुन नदिन सरकारले यथेष्ट पहल गर्न नसकेको अभियानकर्ताहरुले आरोप लगाएका छन् ।
एक पछि अर्को बलात्कारका घटना हुँदा पनि मुकदर्शक भएको उनीहरुले अपिलमा उल्लेख गरेका छन् ।‘सयौं अपराधिको पहरेदारी गर्ने सत्ता चाँहिदैन ।’ भनिएको छ । मोहना अन्सारी, प्रणेता, कैलाश राई, अर्चना थापा, प्रणिका कोयू, दोभान राई, रिता साह, प्रकृति भट्टराई बस्नेत, रिता परियारले संयुक्त रुपमा अपिल गरेका हुन् ।
उनीहरुले मैना सुनुवारदेखि निर्मला पन्त, अंगिरा पासीदेखि भागरथी भट्टसम्म यो सिलसिला अब सधैँका लागि बन्द हुनुपर्ने, पीडितले न्याय पाउनुपर्ने माग गरेका छन् । पुरुषप्रधान कानुन र सत्ताका आडमा कुनै अपराधी र बलात्कारीले उन्मुक्ति पाउन नहुने अभियानकर्ताहरुको भनाइ छ ।-दृष्टिबाट
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्