Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
इटहरीमा विप्लव नेकपासहित ४ दलको जनसभा - Janabato

इटहरीमा विप्लव नेकपासहित ४ दलको जनसभा

जनवादी राज्यसत्ता स्थापना हुँदै वैज्ञानिक समाजवाद स्थापना गर्ने

इटहरीमा विप्लव नेकपासहित ४ दलको जनसभा

फागुन १८, बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले निर्माण गरेको रणनीतिक संयुक्त मोर्चाले आज सुनसरीको इटहरीमा विशाल जनसभा गरिरहेको छ ।

जनसभामा मोर्चामा आबद्ध ४ दलका शीर्ष नेताहरूले सम्बोधन गरिरहेका छन ।

मोर्चाले यसअघि फागुन ६ गते बुटवल र १४ गते धनगढीमा जनसभा सम्पन्न गरेको थियो । बुटवल र धनगढीको जनसभामा ४ दलका तर्फबाट हज्जारौको संख्यामा जनसहभागिता रहेको थियो । आज इटहरीमा भइरहेको जनसभामा पनि विशाल जनसहभागिता रहेको छ ।

मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रहेका छन ।

नेपालमा जनवादी राज्यसत्ता स्थापना हुँदै वैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्य राखेको मोर्चाले पार्टी एकता गरेर अगाडी बढ्ने उदेश्य राखेको छ । मोर्चाले  हाल केपी वली नेतृत्वको सरकारले ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गरि खुल्ला राजनीतिक वातावरण बनाउन माग गर्दै आइरहेको छ ।