रातोखबर र जनपत्रकार संगठनको आयोजनामा आधारभूत पत्रकारिता तालिम हुने 

तालिमको उदेश्य जनपक्षीय पत्रकारितामा कलम चलाउने पत्रकारहरू उत्पादन गर्नु

रातोखबर र जनपत्रकार संगठनको आयोजनामा आधारभूत पत्रकारिता तालिम हुने 

चैत १, बुटवल । रातो खबर प्रकाशन गृह र जनपत्रकार संगठनको संयुक्त आयोजनामा काठमाडौंमा तीन दिने आधारभूत पत्रकारिता तालिम संचालन हुने भएको छ । 

चैत २ गते ११ बजेबाट सुरु हुने उक्त तालिमको उद्धाटन नेकपाका सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले गर्नेछन । 

कार्यक्रममा नेकपाका नेता तथा रातोखबर प्रकाशन गृहका पूर्व निर्देशक अनिल शर्मा ‘विरही’, प्रकाशन गुहका पूर्व निर्देशक तथा नेकपाका पूर्व केन्द्रीय सदस्य गुणराज लोहनी लगायतको उपस्थिती हुने जनाइएको छ । 

आधारभूत पत्रकारिता तालिममा विभिन्न ठाउँबाट प्रशिक्षार्थीहरू सहभागी हुने र तालिमको उदेश्य जनपक्षीय पत्रकारितामा कलम चलाउने पत्रकारहरू उत्पादन गर्नु रहेको रातोखबर प्रकाशन गृहका निर्देशक वसनत श्रेष्ठले जनाएका छन ।