बुटवलमा ‘२३ औं सांस्कृतिक प्रतिरोध दिवस’ भव्यताका साथ सम्पन्न 

हामी आत्मसमर्पण गर्न वार्तामा आएका होइनौं : नेता भुसाल

बुटवलमा ‘२३ औं सांस्कृतिक प्रतिरोध दिवस’ भव्यताका साथ सम्पन्न 

चैत ५, बुटवल । नेपाल कम्युनिस्ट पार्टीको सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासंघको आयोजनामा बुटवलमा बिहिवार ‘२३ औं सास्कृतिक प्रतिरोध दिवस’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।  

कार्यक्रममा नेकपाका नेता एवं रणनीतिक संयुक्त मोर्चाका केन्द्रीय सदस्य भेसराज भुसालले आत्मसमर्पण गर्न वार्ता आएको नभएको बताउनु भएको थियो । नेता भुसालले आफ्ना नेता कार्यकर्तालाई तत्काल रिहा गरेर दुई पक्ष भएको ३ बुँदे सहमति इमान्दारपूर्वक कार्यान्वयन गर्नुपर्ने बताउनु भएको थियो । भुसालले दलाल पुँजीवादी संस्कृति अन्त्यको लागी दलाल राज्यसत्ता अन्त्य हुने पर्ने समेत बताउनुभएको थियो ।

कवि एवं लेखक तथा राजनीतिक विश्लेषक दिल साहनीले कुनै पनि परिवर्तन, आन्दोलन, क्रान्ति सम्पन्न गर्नको लागि सांस्कृतिक कर्मीहरूको महत्वपूर्ण भूमिका रहने भएकाले प्रतिक्रियावादी राज्यसत्ताले जहिल्यै पनि सांस्कृतिक कर्मीहरूलाई नरूचाउने अर्थात् गलत नजरले केन्द्रमा राख्ने बताउनु भएको थियो । 

कार्यक्रममा युवा संगठन नेपालका महासचिव क. सागरले पूरानो छाडा संस्कृति र दलाली संस्कार विरुद्ध निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्तगर्नुभएको थियो । क. सागरले युवा संगठन नेपालको चौंठो राष्ट्रिय सम्मेलनमा दलाली संस्कार र संस्कृति विरुद्ध महत्वपूर्ण निर्णयहरू गर्ने बताउनु भएको थियो । 

कार्यक्रममा केन्द्रीय सामना परिवार र क्षितिज सांस्कृतिक परिवारको विशेष नृत्य प्रस्तुती रहेको थियो । साथै कार्यक्रममा विभिन्न कवि एवं स्रष्टाहरूद्धारा राष्ट्रियता , जनगणतन्त्र, जनजिविका तथा वैज्ञानिक समाजवादको पक्षमा, महान सास्कृतिक सहिदहरूको सम्झनामा सिर्जित कविता, जनवादी गीत र हास्यव्यङ्ग्य प्रस्तुती समेत रहेको थियो भने उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण जनबाटो अनलाइने गरेको थियो । 

सामना सांस्कृतिक परिवारका संयोजक सरल माझीको सञ्चालनमा भएको कार्यक्रमको अध्यक्षता अििखल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलिया, प्रमुख अतिथि नेकपाका नेता तथा रणनीतिक संयुक्त मोर्चाका केन्द्रीय सदस्य भेषराज भुसाल र कार्यक्रमको स्वागत मन्तव्य महासंघका लुम्बिनी ब्यूरो संयोजक तथा अखिल नेपाल लेखक संघका महासचिव खोमा तरामु मगरले राख्नुभएको थियो ।