मंसिर ११, गुल्मी । गुल्मीको सत्यवतीमा यो बर्ष मेला नलाग्ने भएको छ । कोभिड १९ को महामारीका कारण यो बर्षको मेला नलाग्ने सत्यवती क्षेत्र संरक्षण तथा पर्यटक विकास केन्द्रका अध्यक्ष युवराज तरामुले बताएका छन् ।
यसबाट भक्तजन, व्यापारी र मेला भर्न आउने सम्पूर्ण श्रद्धालुहरुमा पर्न गएको असुविधाप्रति दुखित भएको भन्दै अध्यक्ष तरामु मगरले बुधबार सूचना जारी गरेका छन् ।
हरेक बर्ष कार्तिक शुक्ल पूर्णिमाको दिन गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ३ ठूलो लुम्पेकमा मेला लाग्दै आएको थियो । यस बर्ष मेला लाग्ने दिन मंसिर १४ र १५ गते परेको थियो । गुल्मीको ठूलो लुम्पेकमा रहेको सत्यवती धार्मिक तथा पर्यटकीय स्थलको रुपमा रहँदै आएको छ ।
प्राकृतिक दृष्टिले हिमालको दृश्य र मनोरम स्थानको भएकोले अहिले प्रत्येक दिन आन्तरिक तथा बाह्य पर्यटकहरुको भीडभाड हुँदै आएको छ ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्