बिजय नेपाली । अर्घाखाँची । नेकपा भूमिकास्थान नगर कमिटीले दुई वर्षदेखि प्यारालाइसिस पीडित खिम बहादुर नेपालीलाई राहत वितरण गरेको छ । भूमिकास्थान वडा नं. ९ हराचौर निवासी प्यारालाइसिस पीडित खिम बहादुर नेपालीको घरमा राहत वितरण गरेको हो ।
सुदिप नेपाली, गणेश नेपाली र बिजय नेपालीको नेतृत्वमा प्यारालाईसेस पीडितलाई राहत वितरण गरिएको बताइएको छ । पीडितलाई खाना समेत छिमेकीले खुवाएको अवस्थामा स्थानीय सरकार अथवा सरोकार वाला निकायको ध्यान पु¥याउने उद्धेश्यले दाल, चामल, तेल, नुन वितरण गरेको जनाइएको छ ।
राहत वितरणमा बोल्दै सुदिप नेपालीले सिहंदरबारको अधिकार गाउँ घर छरछिमेकमा भनिएता पनि स्थानीय बासीलाई स्थानीय सरकारको कुनै अनुभूती नभएको बताएका थिए ।
नगर इन्चार्ज नवीन खड्काले पटकपटक वडा अध्यक्ष र प्रशासकीय प्रमुखलाई जानकारी गराउँदा पनि कुनै वास्ता नगरेको बताएका ।
उक्त कार्यक्रमको सन्चालन गणेश नेपालीले गरेका थिए ।
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्