चैत ६, बुटवल । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले मेचीकोसी ब्यूरो अन्तरगत झापा र सुनसरीमा जिल्ला बैठक सम्पन्न गर्दै विभिन्न निर्णयहरू सार्वजनिक गरेको छ ।
बुधबार झापाको दमकमा पार्टीका जिल्ला सचिव श्रीजंगको प्रमुख आतिथ्यता, युवा संगठन नेपालका ब्यूरो संयोजक नुलुकको आतिथ्यता तथा युवा संगठन नेपाल, झापाका कार्यवाहक अध्यक्ष विज्ञानको अध्यक्षतामा बैठक सम्पन्न भएको बताइएको छ ।
बैठकले पुरानो जिल्ला कार्यसमिति भङ्ग गर्दै जिल्ला सम्मेलन आयोजक कमिति बनाउने निर्णय गरेको हो ।
सुनसरी जिल्लामा युवा संगठन नेपालको जिल्ला सम्मेलन आयोजक समितिको बैठक बस्दै निरज सुवेदीको संयोजकत्वमा ११ सदस्यीय आयोजक समिति निर्माण गरेको छ ।
जिल्ला इन्चार्ज रुसको उपस्थितीमा भएको बैठकले वैशाख २० गते सदरमुकाम इनरुवामा सम्मेलन सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।
सम्बन्धित खवर
अखिल (क्रान्तिकारी) द्वारा नवलपुरमा विरोध कार्यक्रम
राज्यबाटै लखेटिएका सुकुमबासी
युवा संगठन नेपाल जनकपुर ब्युरोद्धारा भित्तेलेखन
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्