चैत ७, अछाम । नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल अछामले जिल्लाको मंगलसैन नगरपालिका वडा नं.- १४ कालागाउँमा तेर्सो पुर्ण जिल्ला सम्मेलन सम्पन्न गरेको छ ।
“बढ्दो सामाजिक असुरक्षा तथा विकृति,विसङ्गति भ्रष्टाचार र वैदेशिक हस्तक्षेपका विरुद्ध युवा आन्दोलन सिर्जना गर्ने“ भन्ने मुल नाराका साथ एकिकृत जनक्रान्तिबाट वैज्ञानिक समाजवादको पक्षमा शसक्त ढंगले अगाडि बढ्ने प्रतिवद्धताका साथ तेर्सो जिल्ला सम्मेलन सम्पन्न भएको हो ।
उक्त सम्मेलनले युवाका जिल्ला संयोजक कमरेड सुशिलको नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
युवा संगठन नेपाल अछामका संयोजक कमरेड तपेन्द्र साउद सुशिलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा अछाम जिल्ला इन्चार्ज कमरेड तर्कराज विशिष्ट अथितिको रुपमा युवा संगठन नेपाल राष्ट्रिय सम्मेलन आयोजक समितिका केन्द्रीय कार्यालय सदस्य कमरेड जिवन, युवा संगठन नेपाल सेति महाकाली व्युरो संयोजक क. श्याम रहनुभएको थियो । अथितिको रुपमा जिल्ला डिसियस, कार्यालय सदस्य कमरेड प्रज्वलन, अ.ने.मा.संघ क्रान्तिकारीको जिल्ला संयोजक कमरेड राजु लगायत अन्य नगर इन्चार्ज र राष्ट्रिय समाजवादी मंञ्चका केन्द्रीय सदस्य तथा अछाम जिल्ला संयोजक कमरेड अशोक रहनुभएको थिया े।
उक्त सम्मेलनको संचालक युवा संगठन नेपाल अछामको आयोजक समिति सदस्य कमरेड कुमार क्षेत्रीले गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्