जेसीआई भलवारीले दुई छुट्टाछुट्टै कार्यक्रम

शाखाका पूर्व अध्यक्षहरूसँगको चियापान

जेसीआई भलवारीले दुई छुट्टाछुट्टै कार्यक्रम


चैत्र १०, बुटवल । जेसीआई भलवारीले दुई छुट्टाछुट्टै कार्यक्रम सम्पन्न गरेको छ । शाखाका पूर्व अध्यक्षहरूसँगको चियापान तथा अन्तक्र्रिया र राष्ट्रिय उपाध्यक्षको स्वागत कार्यक्रम सम्पन्न भएको हो । 

शाखाका अध्यक्ष रामप्रसाद भण्डारीको अध्यक्षतामा भएको पूर्व अध्यक्षसँगको अन्तक्र्रियाका अवसरमा व्यक्तित्व विकाश र नेतृत्व विकाशका कार्यक्रम तीव्र बनाउने बारे छलफल भएको थियो । सो अवसरमा शाखाका पूर्व अध्यक्षहरू मनोज आचार्य, सुरज पंगेनी, सन्तराम चौधरी, शिवप्रसाद गैरे, रमेशकुमार पराजुली, भेषराज पाण्डे, मुक्तिनाथ गैह्रे, गोविन्द पंगेनी, चिरञ्जीवी बस्याल लगायतले बोल्नुभएको थियो । 

त्यसैगरी, भलवारी जेसीजका निरूपित राष्ट्रिय उपाध्यक्ष पायल शर्माको स्वागत कार्यक्रम सम्पन्न भएको छ । शाखाका महासचिव दुर्गाप्रसाद पाण्डेयको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै राष्ट्रिय उपाध्यक्ष शर्माले शाखाको विकाशमा आफ्नो सहकार्य रहिरहने बताउनुभयो । शाखाका कोषाध्यक्ष प्रताप भण्डारीको स्वागतमा भएको कार्यक्रममा किशोर पंगेनी, भुवन नेपाल, लोकनाथ खनाल लगायतले बोल्नुभएको छ ।