क्रान्तिकारी संघर्षमा मिडियाको महत्वपूर्ण भूमिका : बास्तोला

कैलालीमा‌‌ आधारभुत पत्रकारीता तालिम उद्घाटन

क्रान्तिकारी संघर्षमा मिडियाको महत्वपूर्ण भूमिका : बास्तोला

मनोज रावत, धनगढी । जिल्लाको घोडाघोडी नगरपालिका १ सुखडमा तिनदिने आधारभुत पत्रकारीता तालिमको उद्घाटन सत्र बुधबार सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी  निकट जनपत्रकार संगठन नेपाल र रातो खबर प्रकाशन गृह प्रालिले संयुक्त रुपमा आयोजना गरेको तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका नेता केन्द्रीय सचिवालय सदस्य तथा बिदेश बिभाग प्रमुख क. धर्मेन्द्र बास्तोला कञ्चनले दिप प्रज्वलन गर्दै उक्त कार्यक्रमको उद्घाटन गरेका थिए ।

' प्रेस तथा अभिव्यक्ति स्वतन्त्राको पक्षमा हाम्रो ऐक्यबद्धता, मानवअधिकारको रक्षा र समाजिक उत्तरदायित्वको लागि जनपत्रकारिता ' भन्ने मुल नाराका साथ सुखडको होटल वाशिष्ठमा आयोजित उक्त तालिम उद्घाटनका क्रममा बोल्दै नेता बास्तोलाले भने " विद्यमान राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधिनताको समस्याको रुपमा प्रष्ट देखिएको दलाल संसदीय व्यवस्थालाई अन्त्य गर्दै वैज्ञानिक समाजवाद स्थापनाको लागि जनपक्षीय पत्रकारीताले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताएका छन । उनले भने पत्रकारीतामा बिभिन्न नयाँ - नयाँ आयामहरु हुन्छन , पत्रकारीताले समाज र राष्ट्रलाई कतातिर लैजाने भन्ने बिषयमा बिषेश भुमिका निर्वाह गर्ने बताएका छन् ।

हाम्रो जस्तो पुँजिवादी संसदीय व्यवस्थाले जरो गाडेर बसेको देशमा पत्रकारीताले वैज्ञानिक समाजवादी व्यवस्थाको बारेमा जनतालाई बुझाउनु पर्नेमा जोड दिनुका साथै असलीरुपमा पत्रकारीताको जिम्मेवारी र भुमिका बारे जनतालाई बुझाउनु पर्नेमा जोड दिएका छन । साथै हाम्रो पार्टीका बिषयमा बाहिरिएका बिभिन्न भ्रमित र कपोलकल्पित समाचारले हाम्रो बिषेश ध्यानाकर्षण भएको पनि बताए । नेता बास्तोलाले भने भ्रष्टाचारमा लिप्त हुने यो पुजिबाद व्यवस्थामा कुनै पनि हालतमा सरकारमा नजाने बताएका छन् यदि हामी हालको यही व्यवस्था मै सरकारमा सहभागी भयौ भने हामि र अरुमा कुनै फरक नहुने स्पस्टाउदै आफ्नो पार्टी कसै संग मिल्ने र चुनावमा जाने कुरा नियोजितरुपमा समाजवाद तथा जनताको सासन नचाहानेहरुले गरेको गलत प्रचारका पछि कोही पनि नलाग्न समेत बताएकाछन् ।

यस्तै उक्त कार्यक्रममा नेकपाका अर्का नेता ओमप्रकाश पुन निर्माणले बिश्वको कुनै पनि पुँजिवादी व्यवस्थामा स्वतन्त्र पत्रकारिता देखाउने दाँत मात्रै भएको बताएका छन । बाहिर भन्दा स्वतन्त्र व्यवसायिक पत्रकारिता भन्ने तर भित्री रुपमा सिमित बर्गको पक्षमा उभ्भिएर आफ्नो‌ स्वार्थको लागि मिसन पत्रकारिता गरिरहेको बताएकाछन् । साथै उनले पत्रकारहरुले पत्रकारिताको मुख्य धरातलमा रहि पत्रकारिता गर्न समेत आग्रह गरेका छन् ।

उद्घाटन कार्यक्रमको अध्यक्षता रातो खबर प्रकाशन गृह प्रालिका कार्यकारी निर्देशक बसन्त श्रेष्ठले गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघकी शुदुर पश्चिम प्रदेश की उपाध्यक्ष चाँदनी आचार्य लगाएतका बिभिन्न मिडियामा आबद्ध सन्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।