चैत्र १२, तिलोत्तमा ।
अभिभावक संघ रुपन्देहीले कोरोना संक्रमणको दोस्रो लहर देखिन थालेको भन्दै आवश्यक सचेतना अपनाउन सम्पूर्ण अभिभावकमा अपिल गरेको छ ।
संघले बिहीबार एक विज्ञप्ती जारी गर्दै कोरोनाको दोस्रो लहर आयो भन्दैमा त्रसित नहुन तर आवश्यक सावधानी र सतर्कता अपनाउन अपिल गरेको हो ।
संघका अध्यक्ष लोकनाथ ज्ञवालीद्वारा जारी विज्ञप्तीमा बालबालिकालाई विद्यालय पठाउँदा स्वास्थ्य मापदण्ड अपनाएर पठाउन, मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्न आग्रह गरिएको छ ।
विज्ञप्तीमा कोरोना संक्रमणबाट डराएर होइन सावधानी र सतर्कता अपनाएर अगाडि बढ्न सके जोगिन सकिने भन्दै यसतर्फ संवेदनशील हुन पनि विद्यालय परिवार, अभिभावक र विद्यार्थीहरुमा अनुरोध गरिएको छ ।
Tags :
सम्बन्धित खवर
जिल्ला अस्पताल अर्घाखाँचीमा थप सुविधा
५ वर्ष अगाडि
मर्चवारमा आगो लगाई हत्यामा संलग्न ६ जना पक्राउ
५ वर्ष अगाडि
माइतीघरमा गुञ्जियो प्रतिगमन विरोधी आन्दोलन
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्