युवा संगठन नेपाल सिन्धुलीको प्रथम सम्मेलन सम्पन्न

तेज लामाको अध्यक्षतामा १७ सदस्य निर्वाचित

युवा संगठन नेपाल सिन्धुलीको प्रथम सम्मेलन सम्पन्न

सिन्धुली : नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल सिन्धुलीको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले कमरेड तेज लामाको अध्यक्षतामा १७ सदस्य निर्वाचित गरेको छ । 

कार्यक्रममा केन्द्रिय सामना परिवारका संयोजक सरल माझी, सिन्धुली जिल्ला इन्चार्ज गोपाल ब्लोन, मिथिला स्वयत्ता, जनपरिषद प्रमुख तथा जनकपुर ब्युरो सदस्य कमरेड पवन महतो, युवा संगठन नेपाल जनकपुर ब्युरो इन्चार्ज कमरेड विचारमान थिङ लगायतले बधाई तथा शुभकामना दिएका थिए ।  

कमरेड रवि गोलेको सञ्चालनमा भएको कार्यक्रमको अध्यक्षता कमरेड तेज लामा, प्रमुख अथिती जनकपुर ब्युरो इन्चार्ज कमरेड सन्देश पौडेलले गरेका थिए । कार्यक्रममा केन्द्रीय सामाना परिवारको सांस्कृतिक प्रस्तुती समेत रहेको थियो ।