युवा संगठन नेपाल बन्दिपुरको भेला सम्पन्न

क. रोहितको नेतृत्वमा १९ सदस्यीय कमिटी चयन

युवा संगठन नेपाल बन्दिपुरको भेला सम्पन्न

तनहुँ : युवा संगठन नेपाल गण्डक ब्युरो अन्तर्गत तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिकाको पालिका स्तरिय भेला सम्पन्न भएको छ । शनिवार सम्पन्न भेलाले क. रोहितको नेतृत्वमा १९ सदस्यीय कमिटी चयन गरेको छ । 

उक्त भेलामा जिल्ला इन्चार्ज क. निशान, युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा गण्डक – धौलागिरी ब्युरो इन्चार्ज क. बिजयकुमार र युवा संगठन नेपालका केन्द्रीय सदस्य क. नेत्रको उपस्थिती रहेको थियो । 

भेलामा उपस्थित युवाहरुलाई सरल ढंगले प्रशिक्षित पार्दै संगठनका गण्डक – धौलागिरी ब्युरो इन्चार्ज क. बिजयकुमारले वर्तमान दलाल पुंजीवादी संसदीय व्यवस्थाले दक्ष युवा जनशक्तिलाई विदेशका गल्लि गल्तीमा बस्तुको भाउमा बेचेर मरुभुमीमा मर्नु र बाँच्नु बनाएर उनिहरुकै रगत पसिना मार्फत आर्जित रिमिट्यान्सलाई समेत दुरुपयोग गरेर  दलालहरुले मुलुकमा रजाई गरिरहेको बताए । उनले यो सबै क्राईसेस तोड्नको निमित्त सबै युवाहरु एकीकृत जनक्रान्तिको झन्डा मुनि गोलबन्द भएर एक चोटी गर्जिने बेला आएको समेत बताए ।

भेलामा जिल्ला इन्चार्ज क. निशानले पटक पटक असफल भैसकेको दलाल पुंजीवादी संसदीय व्यवस्थाको यो मुलुकमा कुनै किसिमको भविष्य नभएको र यो व्यवस्थालाई जरैबाट उखलेर युवाहरुको भाग्य र भविष्य निर्धारण गर्ने एड्भान्स खालको व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको विकल्प नरहेको बताए । 

कार्यक्रमको समापन जिल्ला संयोजक क.दृष्टिले गरेका थिए ।