अखिल (क्रान्तिकारी) अछामको १६ औं जिल्ला सम्मेलन सम्पन्न

वैज्ञानिक समाजवाद स्थापना गर्न विद्यार्थीको निर्णायक भुमिकाः पुन 

अखिल (क्रान्तिकारी) अछामको १६ औं जिल्ला सम्मेलन सम्पन्न

राजन जैगडी/अछाम । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले वैज्ञानिक समाजवाद स्थापनाका लागि विद्यार्थीको निर्णायक भुमिका रहने बताएका छन् ।

‘एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवादी व्यवस्थाका लागि हाम्रो आन्दोलन, सुदृढ संगठन र वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि १६ औ जिल्ला सम्मेलन’ भन्ने मुल नाराका साथ सम्पन्न सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । उनले हरेक आन्दोलनलाई निर्णायक बनाउन विद्यार्थीले बलिदान गरेको स्मरण गर्दै भने, राणाशासनका विरुद्ध प्रजातन्त्र स्थापनाका लागि क्याम्पस पढिरहेका गङ्गालाल श्रेष्ठले बलिदान गरे । पहिलो संगठित विद्यार्थी आन्दोलनका रूपमा जयतु संस्कृत्तम आन्दोलनमा सहभागि चिनियामान काजीको हत्या गरियो । दश वर्षे जनयुद्धका क्रममा पनि १४ वर्षीय दिल बहादुर रम्तेलको हत्याबाट बलिदान शुरू भएको बताउँदै दिल बहादुर रम्तेल जस्ता विद्यार्थीको बलिदानबाट नै गणतन्त्र स्थापना भएको बताए । आफ्नो पार्टीले देशमा वैज्ञानिक समाजवाद स्थापना गर्न चाहेको बताउँदै वर्तमान दलाल संसदिय व्यवस्थाको अन्त्य गरि समाजवाद स्थापना गर्न समेत विद्यार्थीको निर्णायक भुमिका रहने बताए । शिक्षा जस्तो मौलिक हकको व्यापार भइरहेको भन्दै शिक्षामा निजिकरण र व्यापारिकरण अन्त्य हुनुपर्ने उनको भनाई थियो । आफ्नो पार्टीले सबै नागरिक ले समान रूपमा पढ्न पाउनुपर्छ,स्वास्थ्य उपचार गर्न पाउनुपर्छ, भ्रष्टाचार अन्त्य गरिनुपर्छ भनेर आवाज उठाउँदा प्रतिबन्ध लगाइएको बताउँदै सरकारले प्रतिबन्ध हटाए पछि अब वैज्ञानिक र स्थापनाको लक्ष्य लिएर जनताको बिचमा आएको बताए । केहि मान्छेहरू आफ्नो पार्टीको विषयमा सरकारमा जाँदैछ, ओली संग पार्टी एकता गर्दैछ भनेर भ्रम फैलाइरहेको बताउँदै वैज्ञानिक समाजवाद स्थापना नगरी सरकारमा जाने आफ्नो पार्टीको कुनै कार्यक्रम नरहेको बताए । संसदिय व्यवस्थाका कारण देशमा विकास हुन नसकेको बताउँदै अब जनतालाई व्यवस्थाको फैसला गर्ने अधिकार दिनुपर्ने बताए । 

कार्यक्रममा  जिल्ला इन्चार्ज तपेन्द्र तिमिल्सिना, जिल्ला सचिव निरक शाही,जिल्ला सचिवालय सदस्य लोकेन्द्र शाही, अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य बिरेन्द्र शाह, दलित मुक्ति मोर्चा नेपालका अध्यक्ष दिलिप विक, अखिल (क्रान्तिकारी) जिल्ला इन्चार्ज रमेश बि.सि ,युवा नेता बिक्की ओझा लगाएतका अतिथिहरूले सम्मेलन सफलताको शुभकामना व्यक्त गरेका थिए । 

सम्मेलनले  दिपेन्द्र जैगडीको अध्यक्षतामा नयाँ जिल्ला समिति चयन गरेको छ । समितीको उपाध्यक्ष दिपेन्द्र बि क ,सचीव मा एकेन्द्र विक , सहसचिव इन्द्रसरा देउवा , कोषाअध्यक्ष कमला बिष्ट र सदस्यहरूमा देविन्द्र बुढा, मथुरा साउद, दिनेश भुल , विशाल शाह, हर्क साउद , दिपिका साउद ,मंगल जैशी ,जग्य राज जोशी, कमला साउद ,लक्ष्मण साउद , हिक्मत बोहरा , देविन्द्र विक , कमला बिष्ट ,हिक्मत बटाला ,इन्द्रा देउवा, बसन्ती नाथ , एकेन्द्र विक, दिपेन्द्र जैगडी, एकेन्द्र बुढा , हरपल विक, टङ्केश बिष्ट निर्वाचित भएका छन् ।