पाल्पा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) पाल्पाले संगठन विस्तार अभियानलाई तिब्रता दिएको छ । बुधवार सहिद बहुमुखी क्याम्पसमा प्रथम वर्ष शिक्षा संकायमा क. बिपिन गैरेको अध्यक्षतामा १९ सदस्यीय र प्रथम बर्ष व्यवस्थापन संकायमा बिष्णु खत्रीको अध्यक्षतामा १३ सदस्यीय कमिटी निर्माण गरेको छ । यस्तै गङ्गा माविमा ए.जी. तर्फ पुर्ण बहादुर केसिको अध्यक्षतामा २१ सदस्यीय र कक्षा १०÷११ मा पुजा न्यौपानेको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरेको छ ।
राष्ट्रिय सम्मेलन र जिल्ला सम्मेलनलाई भव्य र सभ्य बनाउनका निम्ति संगठनले गरेका विभिन्न खालका आन्दोलन, वर्तमान तथा भावी शैक्षिक रणनीति लगायत विषय विद्यार्थीहरू माझ राख्दै संगठन विस्तारको क्रममा संगठनका पाल्पा जिल्ला अध्यक्ष लङ्क रानाले पाल्पाका विद्यालयहरुमा लिएको अतिरिक्त शुल्क, मार्गसिट, ड्रेसहरु लगायत विभिन्न बाहानामा लिएको शुल्कको विरुद्धमा विभिन्न चरणबाट आन्दोलन गर्ने घोषणा गरे । साथै विद्यार्थी हकहितका लागी अखिल (क्रान्तिकारी ) सदैव तयार रहेको समेत रानाले बताए ।
उक्त कार्यक्रमको सन्चालन विद्यार्थी नेता रुपा सेनले गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्