अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

५५ वर्षीय तिलक चौधरी पक्राउ

अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

अजगढा : उदयपुरको चौदण्डिगढी नगरपालिका-९ अजगढाबाट करिब १ केजी ९ सय १५ ग्राम अवैध लागूऔषध गाँजा सहित ५५ वर्षीय तिलक चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको बताइएको छ ।   

उक्त अबैध लागु औषधको ओसारपसार भइ रहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरीले चौधरीको घर तलासी गर्दा अबैध गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।