Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
कञ्चनपुरको शान्ति निकेतन विद्यालयमा इकाई कमिटी गठन  - Janabato

कञ्चनपुरको शान्ति निकेतन विद्यालयमा इकाई कमिटी गठन 

जीवन जोशीको नेतृत्वमा १३ सदस्यीय इकाई कमिटी गठन

कञ्चनपुरको शान्ति निकेतन विद्यालयमा इकाई कमिटी गठन 

गणेश एसके / महेन्द्रनगर : अखिल (क्रान्तिकारी) कञ्चनपुरले महेन्द्रनगर स्थित शान्ति निकेतन विद्यालयमा आइतबार जीवन जोशीको नेतृत्वमा १३ सदस्यीय इकाई कमिटी गठन गरेको छ ।

आसन्न जिल्ला सम्मेलन र राष्ट्रिय सम्मेलनलाई मध्यनजर गर्दै अखिल (क्रान्तिकारी) कञ्चनपुरले आफ्ना गतिविधिलाई तिब्रताका साथ अघि बढाएको छ । संगठन विस्तारको क्रममा संगठनका जिल्ला संयोजक ललित एसके लगायत पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । जिल्ला सम्मेलन र राष्ट्रिय सम्मेलनलाई सभ्य र सुसंस्कृत ढंगले सम्पन्न गर्ने गरी अखिल (क्रान्तिकारी) कञ्चनपुर दृढताका साथ लागेको जिल्ला संयोजक ललित एसकेले जानकारी गराए ।