चैत्र ३०,धनगढी । नेपाल कम्युनिष्ट पार्टी गोदावरी नगर समितिले बेसाहरा महिलालाई सहयोग गरेको छ । गोदावरी नगरपालिका वडा नम्बर ८ कि दुर्गा आउजीलाई खाद्यान्न र नगद सहयोग गरेको हो।
श्रीमान समेत नभएकि दुर्गाको एक मात्र साहारा का रूपमा रहेको छोरा भुमि आउजी पनि होलिमा मृत्यु भए पछि क्रिया खर्च जुटाउन र साँझ बिहान छाक टार्न समेत अप्ठ्यारो परिरहेको परिवारलाई थोरै भए पनि केही राहत होस् भन्ने उद्देश्यले सहयोग गरेको नेकपा गोदावरी नगर इन्चार्ज अविनाशले बताए।
साहाराका रूपमा रहेको छोराको समेत मृत्यु भएपछि आफ्नो परिवार बिचल्लीमा परेको, छाक टार्ने उपाय समेत नभए पछि रूदै बसेको दुर्गा आउजीले बताइन् । पार्टीले दुःखमा सहयोग गरेको भन्दै उनले आँसु बगाइन् । ।
केही नेताहरू चुनावमा भोट माग्न मात्र आउने गरेको प्रति आक्रोशित हुँदै पार्टीले गरेको सहयोगले आफूलाई ठुलो राहत भएको उनको भनाई छ। नगर इन्चार्ज अविनाश ले आफ्नो पार्टी गरिब सर्वहाराको लागि संघर्षमा रहेको भन्दै गरिब दुःखिको दुःख मा मलम पट्टी लगाउने बताए।
आफ्नो पार्टी जनताको पार्टी भएको र जनताको सुख दुःखमा साथ दिने उनले दाबि गरे। जसको कोही छैन उसको साथमा नेपाल कम्युनिष्ट पार्टी रहेको र यस्तो दुःख कसैलाई नपरोस भन्ने उद्देश्य लिएर आफुहरू वैज्ञानिक समाजवाद स्थापनाका लागि संघर्ष गरिरहेको उनको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्