अछाम । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अछामले जिल्ला कमिटी सदस्य पदम विकलाई पार्टीको सम्पूर्ण जिम्मेवारीसहित साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ ।
सोमवार जिल्ला इन्चार्ज तपेन्द्र तिमिल्सेना र जिल्ला सेक्रेटरी निरज शाहीले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो महान तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी न्याय , समानता , स्वतन्त्रता , समतामूलक समाज र जनसमाजवादी संस्कृतिका लागि प्रतिबद्ध भई संघर्षरत रहेको कुरा न्यायप्रेमी जनसमुदायमा अवगत नै छ । हाम्रो पार्टीको जिल्ला कमिटी सदस्य पदम विक विगत लामो समय देखि पार्टीमा कुनै भुमिका निर्वाह नगरी निष्क्रिय रहि घर बस्दै आएका थिए । अहिले आएर उहाँमा गम्भीर साँस्कृतिक विचलन देखिएकोले पदम विकलाई पार्टीको सम्पुर्ण जिम्मेवारी सहित साधारण सदस्य समेत नरहने गरि निष्कासन गरिएको कुरा यसै प्रेस विज्ञप्ति मार्फत सम्प्रेषण गर्दछौं ।’
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्