अछाम । नेपाल कम्युनिस्ट पार्टीको अग्रभागिय संगठन युवा संगठन नेपाल अछामले जेठमा हुने चौठों राष्ट्रिय सम्मेलनको विशेष तयारी स्वरुप बिहिवार जिल्लाको तुर्माखाँद गाउँपालिकामा वालपेन्टिङका नाराहरू लेखेको छ ।
जिल्लाका विभिन्न नेताहरूको उपस्थितीमा जिल्लाका विभिन्न सार्वजनिक स्थलका भित्ताहरूमा दलाल पुंजीवादी संसदीय व्यवस्थाको अन्त्य गरौं, वैंज्ञानिक समाजवादी व्यवस्थाको लागि संघर्ष गरौं, चौठों राष्ट्रिय सम्मेलन सफल पारौं, युवा संगठन नेपाल जिन्दावाद, एकिकृत जनक्रान्ति जिन्दावाद, दलालाहरू होसियार, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद लगायतका नाराहरू लेखिएको बताइएको छ ।
उपस्थित नेताहरूले वर्तमान दलाल संसदीय व्यवस्थाले सर्वहारा वर्गमाथि दमन गरिरहेको भन्दै युवा संगठन नेपाल निरन्तर दृढतापूर्वक क्रान्तिमा लागिरहेको बताए ।
संगठनको चौठो राष्ट्रिय सम्मेलन जेठ १४ देखि १६ गतेसम्म दाङमा हुने बताइएको छ ।
सम्बन्धित खवर
भूमिकास्थानमा नगर अस्पतालको शिलन्यास
वलीको फासीवाद विरुद्ध जनपत्रकारहरुको मोर्चाबन्दी
अखिल (क्रान्तिकारी) द्वारा नवलपुरमा विरोध प्रदर्शन
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्