मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले जिल्लाको राक्सिरङ गाउँपालिका वडा नं. ४ स्थित गिङ्ग्यु खानीमा भएको घटनाप्रति घोर आपत्ति एवम भत्सर्ना गरेको छ ।
गिङ्ग्यु खानीले निरन्तर अवैध रुपमा प्राकृतिक स्रोत साधनको उत्खनन गर्दै आइरहेको छ । जसको कारणले जनताको बाँसस्थानमा नराम्रो असर परिरहेको छ । त्यहाँका स्थानीय बासिन्दाहरुले पटक पटक क्षतिपूर्ति सहित सुरक्षित बाँसस्थानको माग गर्दै आन्दोलन गरिरहँदा सम्बन्धित निकायले प्रभावित क्षेत्रको मागलाई सम्बोधन नगरिएको विषय नेकपाको जनसत्ता समक्ष मुद्दा दायर भएको थियो । जस अनुरूप नेकपाको तर्फबाट प्रभावित क्षेत्रको अनुगमन गर्न जाँदा खानी संरक्षक भनिने नेपाली काँग्रेसका गुण्डानाइकेहरूद्धारा निर्घात कुटपिट गरिएको बुझिएको छ । यसरी अनुगमन गर्न गएका व्यक्तिमाथि हातपात तथा कुटपिट गरिएको विषयप्रति नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले घोर आपत्ति जनाएको छ ।
नेकपा मकवानपुरका जिल्ला सेक्रेटरी उदीपले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै अनुगमनकारी माथि हातपात तथा कुटपिट गर्ने हिसांत्मक कार्यमा संलग्न रहेका गुण्डानाइकेमाथि आवश्यक कारबाही गर्न तथा प्रभावित क्षेत्रका जनताको मागलाई सम्बन्धित तहबाट जिम्मेवारीका साथ पूरा गर्न प्रशासनसँग माग सहित अनुरोध गरेका छन् ।
प्रेस विज्ञप्तिमा सम्बन्धित निकायले प्रभावित क्षेत्रको जनताको माग सम्बोधन नगरेको खण्डमा कुटपिट कार्यमा संलग्न व्यक्ति र खानीमाथि नै भौतिक जनकारबाही गर्दै खानी बन्द गर्न जनसंघर्ष गर्ने उल्लेख गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्