अर्घाखाँची । अखिल नेपाल शिक्षक संगठन अर्घाखाँचीले आइतबार १७ बुँदे शैक्षिक माग र २० बुँदे पेसागत मागसहित शिक्षा विकास तथा समन्वय इकाई, अर्घाखाँची प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
संगठनका अध्यक्ष लक्ष्मण ओली र सचिव खुम बस्नेतद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा, ‘शैक्षिक प्रणालीमा आमुल परिवर्तन नगरिकन कुनै पनि क्षेत्रमा परिवर्तन नहुने भन्दै शैक्षिक क्षेत्रको वास्तविक परिवर्तनको लागि शिक्षा क्षेत्रसँग सम्बन्धित सबै पक्षको सन्तुलित रुपमा प्रभावकारी भुमिका हुनुपर्ने उल्लेख छ ।
विशेषगरी शिक्षक र कर्मचारीहरुको मनोबल उच्च नराखीकन शिक्षा क्षेत्र राम्रो बनाउन नसकिने भएकोले शिक्षक र कर्मचारीका उचित मागहरू यथाशिघ्र पूरा गर्नुपर्ने ध्यानाकर्षण पत्रमा जोड दिइएको छ ।
संगठनका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षको नेतृत्वमा बुझाएको ध्यानाकर्षण पत्र राष्ट्रिय कार्यक्रम अन्तर्गतको आन्दोलन भएको र यदि वेवास्ता गरिएमा थप कडा आन्दोलनका कार्यक्रम ल्याउने संगठनका सचिव खुम बस्नेतले जानाकारी दिए ।
सम्बन्धित खवर
एनआरएन नेपाल डेभलमेन्ट फण्डको स्थापाना
हुम्लामा जिप दुर्घटना, ४ को मृत्यु, ७ घाइते
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्