Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
प्रथम हुम्सेकोट गाउँ कमिटी सम्मेलन सम्पन्न - Janabato

प्रथम हुम्सेकोट गाउँ कमिटी सम्मेलन सम्पन्न

विजयको अध्यक्षतामा ९ सदस्यीय गाउँ कमिटी चयन

प्रथम हुम्सेकोट गाउँ कमिटी सम्मेलन सम्पन्न

नवलपुर । नेपाल कम्युनिस्ट पार्टीको अग्रभागिय संगठन युवा संगठन नेपाल नवलपुर अन्तर्गत हुप्सेकोट गाउँ कमिटीको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले विजयको अध्यक्षतामा ९ सदस्यीय गाउँ कमिटी चयन गरेको छ ।

उक्त कार्यक्रममा युवा संगठन नेपाल नवलपुरको दोस्रो जिल्ला सम्मेलन आयोजक कमिटीका संयोजक अविनाशले सम्पूर्ण देशभक्त, प्रगतिशिल युवाहरूलाई एकिकृत जनक्रान्तिको कार्यदिशा मार्फत् वैज्ञानिक समाजवाद स्थापना गर्न कडा संघर्ष गर्न अपिल गरेका थिए । उनले वर्गविभाजित समाजमा शोषणमुलक राज्यसत्ताको अन्त्य गरि समानतामुलक समाजको निर्माण गर्नुपर्ने बताए ।