बैशाख ६, नवलपुर । नवलपुरमा कथित दलित जातीको नाममा दुर्व्यवहार र भेदभाव गर्नेलाई स्थानीयले कालोमोसो र जुत्ताको माला लगाएको समाचार प्राप्त भएको छ ।
आइतबार नवलपुर जिल्लाको मध्यविन्दु वडा नं. ९ मा बस्दै आएका बिष्णु भण्डारीलाई स्थानीय गाउँले जनता उठेर कालोमोसो र जुत्ताको माला लगाएर गाउँ घुमाएको बताइएको छ । गाउँमा पटक–पटक दलित समुदायमाथि विभेद, अपमान र दुर्व्यवहार गर्दै आएको आरोपमा भण्डारीलाई कालोमोसो र जुत्ताको माला लगाएर गाउँ घुमाएको स्थानीयले बताएका छन् ।
पछिल्लो पटक भण्डारीले नयाँ बर्षको अवसरमा आयोजित वनभोज कार्यक्रममा मध्यविन्दु ९ निवासी दीपक विश्वकर्मामाथि दुर्व्यवहार गरेको बताइएको छ ।
सामूहिक वनभोज कार्यक्रममा भण्डारीले “विश्वकर्मालाई किन बोलाएको ? यसले छोएको खान हुन्न” भन्दै सार्वजनिक स्थानमा दुर्व्यवहार र अपमान गरेको बताइएको छ । भण्डारीले स्थानीयमाथि कथित दलित जातीको नाममा विभेद, अपमान र दुर्व्यवहार गर्दै आएको बताइएको छ ।
सम्बन्धित खवर
कहिले रोकिन्छ कफिनमाथि आँसुको भेल ?
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्