बुटवल । हवाई इन्धनको मूल्य वृद्धि भएसँगै आन्तरिक वायुसेवा कम्पनीहरुले हवाई भाडा वृद्धि गरेका छन्। निजी वायुुसेवा प्रदायक कम्पनीहरुको छाता संगठन एयरलाइन्स अपरेटर्स एसोसिएसन आफ नेपालले मंगलबार देखि लागु हुने गरि आन्तरिक हवाई भाडामा अधिकतम ८५ रुपैयाँसम्म वृद्धि गरेको हो।
अन्तरिक हवाई सेवामा समेत इन्धनको मूल्य वृद्धि भएपनि साविकको भाडामा न्यूनतम १० रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँ सम्म वृद्धि गरिएको एसोसिएसनका प्रवक्ता योगराज कँडेलले जानकारी दिए। हाल सबैभन्दा बढि भाडा भएको काठमाडौं–धनगढीको हो। सो रुटकका लागि अब यात्रुले न्यूनतम ५ हजार ६८५ रुपैयाँ तिर्नुपर्ने भएको छ। यसअघि सो स्थानको भाडा दर ५ हजार ६०० रुपैयाँ मात्र थियो। यसको अतिरिक्त उच्च मूल्यमा सो स्थानको भाडा ९ हजार ४८५ लाग्नेछ।
निगमले वैशाख ४ गते पेट्रोलियम पदार्थसँगै हवाई इन्धनमा समेत प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि गर्ने निर्णय गरेको थियो। हवाई इन्धनको मूल्यमा हुने घटबढका आधारमा इन्धन शुल्क पनि स्वचालित गर्ने प्रणालीअनुसार शुल्क बढाइएको वायुसेवा सञ्चालक सङ्घ नेपालले जनाएको छ।
सम्बन्धित खवर
भारतमा मोदी सत्ता विरुद्ध किसानद्धारा चक्काजाम
छात्रामाथि यौन दुर्व्यवहार विद्यार्थीहरु आन्दोलित
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्