नवलपुर । नेपाल कम्युनिस्ट पार्टीको अग्रभागिय संगठन युवा संगठन नेपाल नवलपुर अन्तर्गत गैंडाकोट नगर कमिटीको प्रथम भेला सम्पन्न भएको छ । भेलाले प्रितमको अध्यक्षतामा १९ सदस्यीय नगर कमिटी चयन गरेको छ ।
कार्यक्रममा युवा संगठन नेपाल नवलपुरका दोस्रो जिल्ला सम्मेलन आयोजक कमिटी संयोजक अविनाशले वर्तमान दलाल संसदीय व्यवस्थाबाट कुनै पनि समस्याको पूर्ण समाधान नभएको भन्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने बताए । उनले युवाहरूको काँधमा ठूलो जिम्मेवारी थपिएको भन्दै एकिकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध हुन सम्पूर्ण युवाहरूलाई अपिल समेत गरेका थिए ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्