युवा संगठन नेपाल दाङको चौथो जिल्ला सम्मेलन

तुलसी चौधरीको अध्यक्षतामा २७ सदस्यीय जिल्ला कमिटी निर्वाचित

युवा संगठन नेपाल दाङको चौथो जिल्ला सम्मेलन

दाङ । नेपाल कम्युनिस्ट पार्टीको अग्रभागिय संगठन युवा संगठन नेपाल दाङको चौथो जिल्ला सम्मेलन तुल्सीपुरमा सम्पन्न भएको छ । सम्मेलनले तुलसी चौधरीको अध्यक्षतामा २७ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा जीवनी चौधरी, सचिवमा सुदर्शन विक, सह–सचिवमा अजय दुलाल र कोषाध्यक्षमा दिपेद्र वलि रहेका छन् ।

‘राष्ट्रियता सार्वभौम सत्ता र स्वतन्त्रताको पक्षमा संघर्ष गरौ ! भ्रष्टाचार निर्मुल समाजको लागि चौथो जिल्ला सम्मेलन भव्य रुपले सफल पारौ !! भन्ने नारासहित सम्मेलन सम्पन्न भएको हो ।

कार्यक्रममा युवा संगठन नेपाल केन्द्रिय सम्मेलन आयोजक समिती संयोजक पाटनले संसदीय व्यवस्था चरम संकटमा पुगेको बताए । उनले नेपालमा संसदीय असफल भइसकेको र आफ्नो पार्टीले निर्विकल्प वैज्ञानिक समाजवाद प्राप्तिको लागि एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत् अघि बढिरहेको उद्घोष गरे । संयोजक पाटनले विदेशी शक्ति र साम्राज्यवादी शक्तिको आडमा सत्ता टिकेको जिकिर गरे । उनले तीन बुँदे सहमती अन्तर्गत सम्पूर्ण नेता–कार्यकताहरूको  रिहाइ र झुटा मुद्दा खारेज भइसकेपछी  सरकारसंग राजनितिक वार्ता सुरु हुने पनि बताए ।  पाटनले सरकारसंग भएको तीन बँुदे सहमतिका विरुद्धमा भ्रामक प्रचारबाजी गर्दै प्रचण्डहरु लागिपरेको र प्रतिबन्ध लगाउदा चुइक्क नबोल्नेहरुले वार्ताको विषयमा अनावश्यक टिप्पणी गर्न आवस्यक नभएको बताए । उनले क्रान्ति गर्ने क्रान्तिकारी शक्तिलाई गोन्जालो बनाउने सपना प्रचण्डहरुले देखेको र त्यो पूरा नभएपछी अत्तालिएको समेत बताए । उनले भने, ‘एमसिसी सम्झौता कुनैपनी हालतमा पास हुने छैन । यदि जबर्जस्त एमसिसी लाद्न खोजियो भने हामी विद्रोह गर्छौ ।’ संयोजक पाटनले राष्ट्रिय स्वाधिनता, जनताको अधिकार प्राप्तिका लागि युवाहरु एकीकृत जनक्रान्तिको झण्डामुनि गोलबन्द हुँदै वैज्ञानिक समाजवाद प्राप्तिको दिशामा निर्मम संघर्ष गर्न अपिल गरे ।

नेकपा दाङ जिल्ला इन्चार्ज प्रदीप वलिले  दलाल पुंजीवादी संसदीय व्यवस्थाबाट आम श्रमिकवर्गको मुक्ती सम्भव नभएको बताए । उनले नेकपा र सरकारबीच  भएको तीन बँुदे सहमतिलाई अक्षरंस पालना गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘तीन बँुदे सहमती गर्दा पार्टी सक्कियो, झुक्यो भन्ने भ्रम फिजाँउनेहरु क्रान्ति बिरोधी हुन् ।’ इन्चार्ज प्रदीपले आफ्नो पार्टीले प्रतिबन्धलाई छिचोल्दै, निस्तेज गर्दै खारेज गरेर विजय हासिल गरेर यो बिन्दुमा आएको जिकिर गरे । उनले अब जनताले व्यक्ति छान्ने भन्दा व्यवस्था छान्ने कुरामा आफहरू विस्वस्थ रहेको बताए । उनले भने, ‘हाम्रो पार्टीले पुंजीवादी व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था भनेर जनमत संग्रह गर्दैछ । जनता सधै अग्रगमनको पक्षमा हुन्छन, त्यसैले हामी जित्छौ ।’

नेकपा दाङ जिल्ला सेक्रेटरी गणेश चौधरीले हरेक क्रान्ती आन्दोलनमा युवाहरुको भूमिका महत्वपुर्ण रहेको बताए । 

युवा संगठन नेपाल नारायणी ब्युरो इन्चार्ज विरेन्द्रले राष्ट्रविरोधी, जनघातिहरुको हातमा राजनितिक व्यवस्था रहेको र एकीकृत जनक्रान्तिको बाटो नै युवाहरुको मुिक्तको  निर्विकल्प बाटो भएको उद्घोष गरे । 

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेकपा नारायणी ब्युरो सदस्य विकाशले वार्ता असफल पार्न प्रतिक्रियावादीहरु दिनरात लागिपरेको र प्रचण्डहरुले युद्धबाट सिर्जित सबै उपलब्धिहरु बेचेर खाएको बताए । उनले भने,‘हिजो प्रचण्डहरु जनमुक्ति सेना, वाइसीएल सबै बेचेर खाए, आज वाइसीएल गठन गर्दै हिडिरहेका छन् ।’

कार्यक्रममा जनपत्रकार संगठन नेपाल दाङका संयोजक हेमन्त प्रकाश वलि, स्कुलिङ विभाग राप्तिका रुद्र वलि, सहिद परिवार समाज केन्द्रीय सदस्य धर्ती, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ राप्ती व्युरो संयोजक डिल्ली वलि, अखिल(क्रान्तिकारी) दाङ अध्यक्ष अमर खड्का, व्यापार संगठनका केन्द्रीय सदस्य भद्र वलि, अखिल नेपाल शिक्षक संगठन दाङ अध्यक्ष डिल्ली डिसि, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङका अध्यक्ष सन्जय वलि, कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष नर बहादुर रोका, सहिद परिवार दाङ जिल्ला अध्यक्ष बलबहादुर वलि, राष्ट्रिय जागरण मन्चका केन्द्रिय सदस्य मंगल चौधरी, नेकपा लमहि नगर सेक्रेटरी निम बहादुर डागी, नेकपा दंगिशरण सेक्रेटरी रोदन, नेकपा दाङ जिल्ला सल्लाहकार समितिका सदस्य मधुसुदन, नेकपा जिल्ला सदस्य द्वोय महान र जनकको आतिथ्य रहेको थियो ।

युवा संगठन नेपाल दाङ जिल्ला सम्मेलन आयोजक समिती सदस्य तुलसी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्यानल प्रस्ताव संगठनका राप्ती ब्युरो इन्चार्ज तिलक योगिले गरेका थिए भने संचालन जीवनी चौधरीले गरेकी थिइन् ।

युवा संगठन नेपाल दाङ जिल्ला सम्मेलन आयोजक समिती संयोजक मनोजको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित जिल्ला कमिटीलाई बधाई मन्तव्य पार्टीका जिल्ला सदस्य जनकले राखेका थिए ।