नवलपरासी । नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपाल नवलपरासीको जिल्ला भेला सम्पन्न भएको छ । आइतबार सम्पन्न भेलाले विजयकुमार दुसादको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कमिटि निर्माण गरेको छ । जसको सचिवमा घिसिया यावन चमार, कोषध्यक्षमा ज्ञानती चमार चयन भएका छन् ।
कार्यक्रममा नेकपा लुम्बिनी ब्युरो सदस्य तथा नवलपरासी इन्चार्ज धीरजले वर्तमान दलाल संसदीय व्यवस्थाबाट दलित वर्गको मुक्ति सम्भव नभएको भन्दै सम्पूर्ण दलित समुदायलाई वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनार्थको लागि एकिकृत जनक्रान्तिको कार्यदिशामा सामेल हुन अपिल गरे । उनले विगतको नेपाली राजनीतिक आन्दोलनमा दलित समुदायको महत्वपूर्ण योगदान र बलीदानी भएको तर दलित वर्ग र समुदायको उत्थानको निमित्त राज्यले कुनै वास्ता नगरेको बताए । उनले भने, ‘दलित वर्गको सम्पूर्ण समस्याको अग्रगामी समाधान वैज्ञानिक समाजवादले दिन्छ ।’
उक्त कार्यक्रमको संचालन अनिल थारुले गरेका थिए ।
सम्बन्धित खवर
स्याङ्जाको बिर्घामा नमुना पुस्तकालय बन्ने
बलात्कारका घटना विरुद्ध महिला ‘मार्चपास’
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्