अनिल नेपाली / अर्घाखाँची : कोरोना संक्रमण तीव्र हुँदै गएपछि अर्घाखाँचीमा निषेधाज्ञा जारी हुने भएको छ । जिल्ला प्रशासन कार्यालय परिसरमा बसेको सर्वपक्षीय बैठकले २० गते सोमबार राती १२ बजेदेखि लागु हुने गरी वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
कोरोनाले हुने क्षति कम गर्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र र सर्वपक्षिय बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जानकारी दिए । अत्यावश्यक खाद्यान्न, दुध र तरकारी पसल बिहान ६ बजेदेखि ९ बजेसम्म दिनको एक पटक खुल्ने बताइएको छ । त्यस्तै अत्यावश्यक र पास जारी गरिएका सवारीसाधन बाहेक अन्य सवारी चल्न नदिने पनी बैठकले निर्णय गरेको छ । अर्घाखाँचीमा हाल १ सय ५६ जना सक्रिय संक्रमित रहेका छन् । कारोनाको दोस्रो लहरपछि जिल्लाका ८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।
सम्बन्धित खवर
आमहड्तालको पुर्वसन्ध्यामा सन्धिखर्कमा मसाल जुलुस
युवा संगठन नेपाल बुटवलको प्रथम भेला
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्