कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु जिल्ला सदस्य कृपाल कोरीको निधनको ११ औँ दिनमा शुक्रबार शोकसभा सम्पन्न भएको छ । मायादेवी गाउँपालिका –५, बलुहवा निवासी कोरीको ४४ वर्षको उमेरमा बैशाख २१ गते निधन भएकोे थियो ।
कोरीको आफ्नै निवास बलुहवामा आयोजित शोकसभामा नेपाल कम्युनिस्ट पार्टी जिल्ला इन्चार्ज कमल केसीले कृपाल कोरीको निधनबाट समाजले एउटा अभिभावक गुमाएको भन्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शाके सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका थिए ।
थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष संघप्रसाद थारूले पनि कोरीको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका थिए ।
कार्यक्रममा जिल्ला कमिटी सदस्य सन्देश, अखिल नेपाल शिक्षक संगठनका सदस्य रामनिवास चौहान, राम चन्द्र कोरी लगायतको सहभागिता रहेको थियो ।
सम्बन्धित खवर
बम बिस्फोटमा परेका घाइतेहरूको पूरा विवरण :
मधेशमा जाडोको कहर, जनजीवन प्रभावित
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्