नेकपा कञ्चनपुरद्वारा मडैकी निधनप्रति श्रद्धाञ्जली !

कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले बुधबार एक शोक वक्तव्य जारी गर्दै कञ्चनपुर पार्टी जिल्ला सदस्य, कृष्णपुर नगर इन्चार्ज र अखिल नेपाल भूमिहीन सुकुम्बासी संघका जिल्ला अध्यक्ष इन्द्र मडैकी आमा हरिनादेवी मडैकी निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज ओम प्रकाश पुन ‘निर्माण’ र पार्टी सचिव रमेश नेपाली ‘जीवन’द्वारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘हरिनादेवी मडैकी ८३ बर्षको उमेरमा आज डँडेलधुरा आलिताल गाउँपालिका वार्ड नम्बर–४ मा रहेको आफ्नै घरमा निधन भएको खबरले हामीलाई निकै दुखित बनाएको छ । एकिकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद स्थापनाको महान अभियानमा क्रियाशील कमरेड इन्द्र मडैकी मृतक आमा हरिनादेवीप्रति पार्टीको तर्फबाट भावपुर्ण श्रद्धाञ्जली सहित शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।’