बुटवल । तीन दिनेदेखिको अविरल वर्षाले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । तानसेन–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३, गौंडे पुल नजिकै ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डि.एस.पी. डिल्ली नारायण पाण्डेयले बताए ।
राजमार्गको माथिल्लो जंगल क्षेत्रबाट खसेको ठूलो पहिरो हटाउन अझै लागि अहिले डोजर गएको र हटाउन कार्य जारी रहेको पाण्डेयले बताए । पानी परिरहेका कारणले हटाउनको लागि समस्या भएको प्रहरीले जनाएको छ ।
ठूला–ठूला ढुंगा खसेको र सामान्य डोजरले फाल्न नसकेकाले ब्रेकर मगाइएको छ । ब्रेकर आएपछि पनि ढुंगा फोरेर पहिरो पन्छाउन केही घण्टा लाग्ने प्रहरीले जनाएको छ ।
राजमार्ग बन्द भएपछि बिहानैदेखि पहाडी भेगबाट बुटवलतर्फ र बुटवलबाट पहाड आउने सबै सवारी साधन अवरुद्ध भएका छन् । खाद्यान्न बोकेका सवारी साधन सडकमै रोकिएका छन् ।
सम्बन्धित खवर
जनपत्रकार संगठन कास्कीको अध्यक्षमा वाइवा
ठूलो लुम्पेकमा ई–रिक्सा दुर्घटना, एक जनाको मृत्यु
बुटवलमा सेनाले घुमायो बख्तरबन्द गाडी
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्