बुटवल । नेकपा निकट अखिल (क्रान्तिकारी) रूपन्देहीले बुधबार रूपन्देही जिल्लास्थित रानीगन्जमा मास्क र सेनिटाइजर वितरण गरेको छ ।
सङ्गठनले ‘कोभिड–१९ विरुद्ध विद्यार्थी अभियान’ अन्तर्गत घर–घरमा गएर रानीगन्जको करिब ७० घरमा मास्क र सेनिटाइजर वितरण गरेको सङ्गठनकी जिल्ला अध्यक्ष इन्दु ओलीले बताए ।
उक्त मास्क र सेनिटाइजर वितरण अभियानमा नेपाल कम्युनिस्ट पार्टी बुटवल इलाका सदस्य सरिता बराह, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा रूपन्देही जिल्ला इन्चार्ज रूपा बुढा मगर, सङ्गठनकी जिल्ला अध्यक्ष इन्दु ओली, सङ्गठनका जिल्ला उपाध्यक्ष पारस राहादी मगर, जिल्ला सहसचिव पवन ज्ञवाली, जिल्ला सदस्य पर्शुन ज्ञवाली लगायत विद्यार्थी नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
सङ्गठनले कोरोना भाइरस विरुद्धको उक्त विद्यार्थी अभियानलाई निरन्तरता दिने बताएको छ ।
Tags :
सम्बन्धित खवर
दीपमा अभिभावक कविता वाचन प्रतियोगिता सम्पन्न
४ वर्ष अगाडि
अर्घाखाँची किमडाँडाका दलितलाई हिलट्याङ्क वितरण
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्