Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
'अध्यादेशमार्फत् ल्याइएको बजेट जनविरोधी छ' : किरण - Janabato
'अध्यादेशमार्फत् ल्याइएको बजेट जनविरोधी छ' : किरण

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य ‘किरण’ ले देशको वर्तमान स्थिति असमान्य बन्दै गएको, देशको राष्ट्रिय स्वाधीनता माथि गम्भीर खतरा पैदा भएको  र देश निरङ्कुशतावादी फासिवाद  तथा राष्ट्रघातको कहालीलाग्दो अवस्थामा पुग्न थालेको स्थितिमा मुलुकको समस्या मध्यावधि निर्वाचनद्वारा हल हुन नसक्ने बताएका छन् । 

सरकारले प्रस्तुत गरेको बजेट उच्च वर्गको हित र मजदुरमारा नीतिमा आधारित भएको ठहर गर्दै महासचिव किरणद्वारा बुधबार जारी वक्तव्यमा भनिएको छ, ‘साम्राज्यवादी नवउदारवादद्वारा निर्देशित यस बजेटमा जुन समृद्ध नेपाल सुखी नेपाली, समाजवाद जस्ता कुरा उल्लेख गरिएका छन् ती जनतालाई भ्रमित तुल्याउने कसरत बाहेक अरु केही होइनन् । समग्रमा यो बजेट दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्त वर्गीय हक हितको संरक्षण, वैेदेशिक प्रतिक्रियावाद परस्तता, परम्परावाद, सस्तो लोकप्रियतावादमा आधारित र जनहित विपरीत, देशको स्वतन्त्र राष्ट्रिय अर्थतन्त्र विरोधी तथा चुनावमुखी रहेको छ ।’

वक्तव्यमा भनिएको छ, ‘यस स्थितिमा वर्तमान सत्ता तथा व्यवस्थाको विकल्पका रूपमा नयाँ जनवादी राज्यसत्ताको स्थापना गरी वैज्ञानिक समाजवाद तर्फ अगाडि बढ्न अनिवार्य रूपमा आवश्यक भएको धारणा हाम्रो पार्टी पुनः स्पष्ट गर्दछ ।’ 

वक्तव्यमा  नेकपाका नेता हेमन्तप्रकाश ओलीलगायतका नेता तथा कार्यकर्ताको रिहाईको माग गरिएको छ ।