अर्घाखाँची । अर्घाखाँचीका युवा विद्यार्थीहरू विभिन्न सङ्गठन तथा पार्टी परित्याग गरि नेकपा निकट अखिल (क्रान्तिकारी)मा प्रवेश गरेका छन् ।
जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. २ पिपलनेटा भैसिमारेमा भएको एक कार्यक्रमबाट भूमिकास्थान नगरपालिका वडा नं. २ का युवा विद्यार्थीहरू अखिल (क्रान्तिकारी)मा प्रवेश गरेका हुन् ।
उक्त प्रवेश कार्यक्रममा अखिल (क्रान्तिकारी)का अर्घाखाँची जिल्ला इन्चार्ज नवीन खड्का, सङ्गठनका अर्घाखाँची जिल्ला अध्यक्ष बाबुराम एसके, जिल्ला सदस्य मनोज खनाल, दुर्गा आचार्य, पत्रकार आयन विश्वकर्मा लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम अखिल (क्रान्तिकारी)का युवा विद्यार्थी नेता दुर्गा आचार्यको अध्यक्षता र जिल्ला उपाध्यक्ष पदम नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।
Tags :
सम्बन्धित खवर
जनपत्रकार संगठन नेपाल अछामको प्रथम भेला
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्