महासचिव विप्लवद्वारा पार्टीका सम्पूर्ण नेता–कार्यकर्तालाई उद्धार तथा राहत कार्यमा जुट्न निर्देशन

महासचिव विप्लवद्वारा पार्टीका सम्पूर्ण नेता–कार्यकर्तालाई उद्धार तथा राहत कार्यमा जुट्न निर्देशन

बुटवल । नेकपाका महासचिव विप्लवले प्राकृतिक विपत्तिका कारण देशव्यापी रुपमा बाढीपहिरो र डुबानबाट ज्यान गुमाएका सम्पूर्ण जनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरी मृतकका परिवार र आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

महासचिव विप्लवले बुधबार प्रेस विज्ञप्तिमार्फत विपतको घडीमा पार्टीका सम्पूर्ण जनवर्गीय सङ्गठन, नेतृत्व नेता–कार्यकर्ता सबैलाई उद्धार तथा राहत कार्यमा अभियानकै रुपमा लागि पर्न विशेष निर्देशन दिएका छन् । साथै महासचिव विप्लवले आपतमा परेकाहरूको यथासक्य साथ र सहयोगका लागि सम्पूर्ण जनसमुदायमा हार्दिक आग्रहसमेत गरेका छन् ।

‘हालै अत्याधिक वर्षाका कारण देशव्यापी रुपमा बाढीपहिरो र डुबानले निकै जनधनको क्षति भइरहेको छ । मौसम पूर्वानुमान सम्बन्धी विभिन्न निकाय र विज्ञहरूले अग्रिम जानकारी गराएको अवस्थामा समेत सरकारको तर्फबाट समयमै आवश्यक पहल । पुर्व तयारीमा भएको चरम बेवास्ता र लापरबाहीका कारण पनि यो स्थिति भोग्नुपरेको हो । अझैँ पनि राज्य र सम्बन्धीत निकाय यस विषयमा तत्काल गम्भरि भई तदारुकता पूर्वक नलाग्ने हो भने थप भयावह स्थिति बेहोर्नुपर्ने हुनसक्छ ।’ महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।