नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी नुवाकोटले पञ्चकन्या गाउँपालिका वडा नं. २ मा सामाजिक सुरक्षा भत्ता वितरणका लागि ल्याइएको रकम ५० लाख र करबाट प्राप्त रकम ३ लाखसहित ५३ लाख रुपैयाँ २०७७ चैत्र २४ गते राती चोरी भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
नेकपा नुवाकोट जिल्ला इन्चार्ज विन्दु र सेक्रेटरी सृजनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको सत्य, तथ्य पत्ता लगाई दोषी उपर कारबाही गर्न माग गरेका छन् । साथै उक्त चोरीको घटनामा संलग्नहरू अहिलेसम्म पनि पत्ता नलागेको र घटनाको अनुसन्धानलाई प्रभावित पार्ने क्रियाकलाप भइरहेकाले उक्त कार्य बन्द गर्न पनि माग गरेका छन् ।
नेकपाले त्यहाँ बृद्ध, अपाङ्ग, असहाय, एकल महिला लक्षित भत्ता चोरी भएको र उक्त घटनाको अनुसन्धान प्रभावित गर्ने काम भइरहेकाले रकम चोरीको बहानामा भ्रष्टचारीलाई प्रसय दिने काम गरिए जनकारबाही गर्ने चेतावनी दिएको छ ।
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्