पहिरोका कारण पाल्पाको दमार बस्तीमा आर्थिक तथा भौतिक क्षति

२ घर पूर्णरुपमा क्षति

पहिरोका कारण पाल्पाको दमार बस्तीमा आर्थिक तथा भौतिक क्षति

कविता सारु । माथागढी । अविरल वर्षाका कारण पाल्पाको माथागढी–५ स्थित दमार बस्तीमा जमिन भाँसिएर पहिरो गएको छ । पहिरोले ठूलो मात्रामा आर्थिक तथा भौतिक पक्षमा क्षति पु¥याएको छ ।

पहिरोले घर, किसानका बालीनाली नष्ट गरिदिएको र आफूहरू समस्यामा परेको स्थानीयहरूले बताउँछन् । पहिरोका कारण यानिसरा सारु र चेतबहादुर रेश्मीको घर पूर्णरुपमा क्षति भएको छ भने थुप्रै किसानहरूको बालीनाली नष्ट गरिदिएकाले किसानहरू आर्थिक मर्कामा परेका छन् । 

प्रहरी प्रशासनमा जानकारी गराउँदा प्रशासन र सम्बन्धित निकायले कुनै पनि चासो नदिएकोे स्थानियहरूको गुनासो छ । पहिरोका कारण थप २ घर जोखिममा रहेको जनबाटोमा प्राप्त समाचारमा जनाइएको छ ।