नेकपा बबई गाउँपालिकाको प्रथम पूर्ण बैठक सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्लाको १० औँ पूर्ण बैठकपछि बबई गाउँपालिकाको प्रथम पूर्ण बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।

बैठकलाई सम्बोधन गर्दै नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदीपले आफ्नो पार्टी वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिको बाटोमा दृढतापूर्वक लागिरहेको बताए । उनले आफ्नो पार्टी शान्तिपूर्ण कार्यक्रम लिएर जनतामा जाँदा केही प्रतिक्रियावादीहरू अत्तालिएको बताए ।

बबई गाउँपालिका इन्चार्ज÷सेक्रेटरी प्रतिरोधको अध्यक्षता तथा सञ्चालनमा भएको बैठकले २५ सदस्यीय गाउँ कमिटि चयन र वडा सेक्रेटरीको जिम्मेवारी ठोस गरेको छ ।