बुटवल । एमफिल तथा पीएचडीको अध्ययन शुल्क वैज्ञानिक नभएको भन्दै त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । आइतबार त्रिवि घडी भवनअगाडि भेला भएका युवाहरूले त्रिवि विद्यार्थी संघर्ष समिति नामक ब्यानरबाट प्रदर्शन गरे ।
त्रिविले प्राविधिक बाहेकका मानविकी, शिक्षाशास्त्रजस्ता विषयमा समेत महंगो शुल्क लिएकोमा उनीहरूले विरोध जनाए । ‘विद्यार्थीहरूले एमफिल, पीएचडी निःशुल्क गर’, ‘राज्यको लगानीमा उच्च शिक्षा सुरक्षित गर’, ‘त्रिविमा शिक्षाको व्यापार बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरिएको थियो । प्रदर्शनमा माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने त्रिवि विद्यार्थी संघर्ष समितिले जनाएको छ ।
संघर्ष दाहाल, रमेश विष्ट, मनिषा कार्की, समीर गौतम लगायत विद्यार्थी अभियन्ताहरूको अग्रसरतामा अघिल्लो सातादेखि एमफिल पिएचडी निःशुल्क हुनुपर्ने मागसहित आन्दोलन सुरु गरिएको थियो ।
सम्बन्धित खवर
कैलालीमा बसको ठक्करबाट १ जनाको मृत्यु
बेपत्ता परिवारको सपना साकार पार्छौ : नेकपा
एसईई र कक्षा १२ को परीक्षा स्थगित
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्