कञ्चनपुर । राधाकृष्ण जनप्रिय आधारभूत विद्यालयको शैक्षिक सामग्री खरिदको बेला भएको भ्रष्टाचारको विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी बेलडाँडी गाउँपालिका समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेकपा बेलडाँडी गाउँपालिका इन्चार्ज सम्रात र सेक्रेटरी बिमलाले विज्ञप्ति जारी गरी उक्त भ्रष्टाचारको विषयमा गाउँपालिका प्रमुखको संयोजकत्वमा ११ सदस्यीय सर्वपक्षिय छानबिन समिति पनि गठन भईसकेको र उक्त समतिले आर्थिक अनियमितता भएको ठहर गरिसकेको बताएका छन् ।
विज्ञप्तिमा भ्रष्टाचारमा प्रमुख दोषी प्रशासकीय अधिकृत नै भएको तर कार्यान्वयन गर्ने बेला गाउँपालिका प्रमुख धनबहादुर क्षेत्रीले उल्टै काखि च्यापेको पाइएकाले उक्त दोषीमाथि कारबाही गर्न समेत माग गरिएको छ । भ्रष्ट कर्मचारीहरूलाई संरक्षण गरेको पाइएमा पार्टी जनसहभागितासहित कडा भन्दा कडा सङ्घर्षमा उत्रिनेसमेत विज्ञप्तिमा जनाइएको छ ।
सम्बन्धित खवर
अर्घाखाँचीमा भीरबाट खसेर एकजनाको मृत्यु
जुम्लामा भीषण आगलागी, दुई दर्जन घर नष्ट
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्