Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
क्रान्तिकारीद्वारा जाजरकोटमा जातीय विभेदविरुद्ध विरोध प्रदर्शन - Janabato

क्रान्तिकारीद्वारा जाजरकोटमा जातीय विभेदविरुद्ध विरोध प्रदर्शन

क्रान्तिकारीद्वारा जाजरकोटमा जातीय विभेदविरुद्ध विरोध प्रदर्शन

खलङ्गा । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जाजरकोटले जातीय भेदभाव तथा छुवाछुतविरुद्ध विरोध प्रदर्शन गरेको छ । सोमबार जिल्ला सदरमुकाम खलङ्गामा तल्लो थाप्ले देखि ठाँटीसम्म ¥यारी निकालेर प्रर्दशन गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरौँ, अखिल (क्रान्तिकारी) जिन्दावाद, जातीयमुक्त समाज निर्माण गरौँ, सबै खाले विभेद अन्त्य गरौं, जात व्यवस्था खारेज गरौँ, रुपा सुनारलाई न्याउ दे, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट बर्खास्त गर, वैज्ञानिक समाजवाद जिन्दावाद लगायत नारासहित प्रदर्शनमा उत्रिएका थिए ।

जातीय भेदभाव र छुवाछुतको अन्यका लागि दबाब स्वरुप विरोध प्रर्दशनको आयोजना गरिएको अखिल (क्रान्तिकारी) जाजरकोटका अध्यक्ष विराजन शाहीले जानकारी दिए ।

‘काठमाडौमा रुपा सुनारलाई जातीय विभेद गरी कोठा भाडामा नदिएको र घरबेटीलाई सरकारकै प्रमुखले कानुनी प्रक्रिया पुरा नहुँदा नहुदै पनि सामाजिक भेदभावलाई प्रोत्साहत दिने उद्देश्यले आफ्नै गाडीमा लिएर गए । त्यसैले उनले यथाशिघ्र राजनीनामा दिनुपर्छ भन्ने हाम्रो माग हो’, शाहीले भने । 

पछिल्लो समय देशमा जातीय विभेदका घटनाहरु बढिरहेका छन् यसलाई राज्यले संरक्षण गरिहेको छ, यस्तो हर्कतप्रति अखिल (क्रान्तिकारी)ले घोर विरोध गर्दै आएको र गरिरहने उपाध्यक्ष दीपेन्द्र सिंहले बताए । 

प्रर्दशन कार्यक्रममा पार्टी सचिव प्रमाण, भेरी कमिटी इन्चार्ज हिमाल, भेरी नगर कमिटी सेक्रेटरी प्रखर, अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष विराजन शाही, उपाध्यक्ष दिपेन्द्र सिंहलगायत अन्य विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो ।