मंसिर १०, बुटवल । अर्थमन्त्री बिष्णु पाैडेललाई बुटवलमा नेपाली कांग्रेस कार्यकर्ताले कालाे झण्डा देखाएका छन। गृहजिल्लाका बिभिन्न कार्यक्रममा सहभागी हुन आएका उनलाई नेपाली कांग्रेस कार्यकर्ताले कालाेझण्डा देखाएका हुन् ।
बुटवलबाट सैनामैना जाने क्रममा बुटवलको नेपालगन्जराेडमा जम्मा भएका कांग्रेस कार्यकर्ताले बुटवलबाट राजधानी सार्ने प्रस्तावमा अर्थमन्त्री पद लिएर सहमत भएकाे भन्दै कालाेझण्डा देखाएका हुन् । पौडेललाई बालुवाटारको जग्गा खरिदविक्रीको समेत आरोप लाग्दै आएको छ । पछिल्लो समय पौडेलप्रति आफ्नै पार्टीभित्र समेत असन्तुष्टि रहेका छन् ।
मंगलबार बुटवल आएका पौडेलको पत्रकार सम्मेलनमा समेत पार्टीभित्रका अधिकांश नेता, कार्यकर्ता, पत्रकारहरु समेत उपस्थिति नभएको बुझिएको छ ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्